सोमबार, ५ साउन २०८२

जीडब्लुएमको गाडी ओरा ०३ ईभी खरीदका लागि प्रभु बैंकको कर्जा सुविधा

समयपोष्ट २०८० साउन १८ गते ११:५३

जीडब्लु एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीदका लागि प्रभु बैंकले कर्जा दिने भएको छ ।

उक्त सम्झौता पत्रमा भीजी ईम्पेक्सका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंकका प्रमुख व्यवसाय अधिकृत रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।

भीजी ईम्पेक्स प्रालि नेपालमा जीडब्लुएम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरक हो।

ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध हुने छ। प्रभु बैंकले १२.०६ प्रतिशत ब्याज दर सहित अटो कर्जा प्रदान गर्नेछ।

बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ। अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि मूल्यांकन रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ।

अधिकतम कर्जा अवधि ५ वर्ष हुने छ। विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिन्छ।

ग्राहकले अटो कर्जाको लागि आवश्यक कागजातहरूसहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री