माछापुच्छ्रे बैंक“ इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड-२०२३”बाट सम्मानित
समयपोष्ट
२०८० असार १ गते १३:१४
माछापुच्छ्रे बैंक लि. “ इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२३-म्याक्सिमाइजिंग कष्टुमर इनगेजमेण्ट गोल्ड” पुरस्कारबाट सम्मानित भएको छ ।
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीद्धारा बैंक उक्त अर्वाबाट सम्मानित भएको हो ।
विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । इन्फोसिस फिन्याकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आईरहेको छ ।
यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया