बुधबार, १९ वैशाख २०८१

ओलीप्रति शसंकितः माओवादी रणनीति पर्ख र हेर

समयपोष्ट २०७४ चैत २९ गते १:२७

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधामन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै शसंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्न लागेको खबर आजको नागरिक दैनिकले छापेको छ।

Advertisement

‘ओली जी जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसले हाम्रा नेतालाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ। अहिले पर्ख र हेरकै अबस्थामा छौं।’

पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु¥याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री