आजबाट ईभी नेपाल एक्स्पो सुरू
समयपोष्ट
२०७९ मंसिर १६ गते १२:२३
ईभी नेपाल एक्स्पो आजबाट राजधानीको भृकुटीमण्डपमा सुरू भएको छ।
शुक्रबार नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्घाटन गरेका छन् ।
एक्स्पोमा विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएका छन् ।
एक्स्पो मंसिर १८ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया