लेभ्लिंग सफर दशैँ तिहारमा डवल अफर योजना : ५ लाखसम्म नगद छुट
नेपालमा विश्वको बिभिन्न प्रसिद् ब्राण्डका सवारी साधानहरु बिक्री गर्दै आइरहेको बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।
कम्पनीले दशैको अवसरम लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा डबल अफर स्किम संचालनमा ल्याएको छ ।
उक्त योजना अन्र्तगत घरमै बसेर एस एम एस EVNEPAL
शोरुम गएर शोरुमले दिएको कोडमा एस एम एस गरेर पुन छुट प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ । यसमा दुई पटक एस एम एस गर्दा डबल छुट पाउन सकिन्छ । जसमा ७ हजार देखि ५ लाखसम्म छुट रकम म्यासेज मा आउने कम्पनीले जनाएको छ । म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ |
यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । उक्त सवारी साधन कुनै पनि पेट्रोल बाइकसंग सजिलै एक्सचेन्ज हुने कम्पनीले जनाएको छ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो | फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ | यस स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेशनल २०१७ का नीति साह हुनुहुन्छ |
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा लेभ्लिंग स्कुटरलाई लिइन्छ । जसमा निम्न प्रोडक्ट बिक्रि वितरण भैरहेको छ एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् ।
यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
प्रतिक्रिया