मंगलबार, १८ वैशाख २०८१

आज भारतको ७६ औं स्वतन्त्रता दिवस मनाईंदै

समयपोष्ट २०७९ साउन ३० गते ६:०५

Advertisement

आज भारत स्वतन्त्र भएको ७६ वर्ष पुगेको छ । सन् २०२१ मार्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘आजादीका अमृत’ महोत्सव मार्फत स्वतन्त्रता दिवसलाई विश्वभर रहेका भारतीय जनताले उत्सवमा रुपमा मनाउँदै छन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ ।

काठमाडौं स्थित भारतीय राजदूतावासले पनि विबिध कार्यक्रमको आयोजना गरी ७६ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । अहिले विहान दूतावास परिसरमा भारतको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम आयोजना गर्ने भएको छ । आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर भारतले नेपाललाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री