एशियन लाइफले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०७९ साउन २२ गते ११:३०
एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको संचालक समितिको बैठकले आ.व.२०७७/७८ को संचित नाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुंजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिअशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने छ।
प्रतिक्रिया