काठमाडौंमा बालेन र सुनिताको फराकिलो अग्रता
समयपोष्ट
२०७९ जेठ ७ गते ६:१४
काठमाडौं महानगरपलिकामा मेयरका उम्मेदवार बालेन साहले ३० हजार मत कटाएका छन् ।
जारी मतगणनामा पछिल्लो परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार ८५८ मत पाएका छन् ।
नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् ।
८१ हजार ७६५ मत गणना हुँदा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता रहेको छ ।
प्रतिक्रिया