सिटिजन्स बैंकको मानभवन शाखा अब ग्वार्कोमा
समयपोष्ट
२०७३ कार्तिक ७ गते ७:३७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर स्थित मानभवन शाखा ग्वार्कोमा स्थानान्तरण भएको छ ।
शाखालाई ललितपुरको ग्वार्को ६ ‘क’ मा रहेको हारती भवनबाट संचालन गरिएको बैंकले जनाएको छ ।
बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको आफ्नो शाखालाई पनि स्थानान्तरण गर्ने जनाएको छ ।
बैंकले आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा एटिएम काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
बैंकको करिब ४ लाख १७ हजार ग्राहकहरु रहेका छन् ।
प्रतिक्रिया