मंगलबार, १८ वैशाख २०८१

सभामुख भण्डारीको शपथ

समयपोष्ट २०७४ माघ २९ गते १४:५८

प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले सभामुखमा नवनिर्वाचित प्रदीपकुमार भण्डारीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

Advertisement

प्रदेशसभाको माघ २९ गतेको बैठकबाट भण्डारी सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित सभामुख भण्डारी सुनसरी क्षेत्र नं १ ‘ख’बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । विसं २०१२ साउन २८ गते संखुवासभामा जन्मनुभएका उहाँ हाल धरान उपमहानगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँका बुबा कुलमणि र आमा मोहनकुमारी हुनुहुन्छ ।

सैँतीस वर्षसम्म शिक्षण पेशामा रहनुभएका उहाँ २०७२ सालमा उमेर हदका कारण अवकाश पाएपछि राजनीतिमा सक्रिय हुनुभयो । उहाँ नेकपा(एमाले) जिल्ला सचिवालय सदस्यका साथै धरान नगरसमितिको इञ्चार्ज हुनुहुन्छ । उहाँ २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएर लाग्नुभएको थियो ।
पदभार ग्रहण

सभामुख भण्डारीले आज अपराह्न आफ्नो पदभार ग्रहण गर्नुभयो । प्रदेशसभा बैठक सञ्चालन गर्दै उहाँले प्रदेशसभा सचिवमा केदारप्रसाद पनेरुलाई जिम्मेवारी प्रदान गरिएको जानकारी दिनुभयो । संविधानको धारा १८२ (१) कार्यविधि दफा ७ (१ का अनुसार उपसभामुखको निर्वाचनको कार्यतालिका आजै प्रकाशन गर्न निर्देश जारी गर्नुभयो ।

सोअनुसार फागुन २ गते मनोनयन दर्ता र फागुन ३ गते निर्वाचन हुनेछ । प्रदेशसभाको अर्को बैठक फागुन ३ गते अपराह्न १ बजे बस्नेछ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री