मंगलबार, १८ वैशाख २०८१

माछापुच्छ्रे बैंकको सिइओमा निरज श्रेष्ठ नियुक्त

समयपोष्ट २०७३ असोज २० गते ३:१६

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो।

Advertisement

उनी बाणिज्य बैकहरुको सिइओ मध्ये सवैभन्दा कम उमेरका सिइओ हुन ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केहि समय अघि ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका थिए। उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए। यसअघि चार बर्ष सिइओ रहेको तुलसीराम गौतम गत साता विदामा बसेका थिए। 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री