रहेनन् मंदिरा वेदीका श्रीमान राज कौशल
समयपोष्ट
२०७८ असार १६ गते १४:४०
बलिउडकी अभिनेत्री,फेशन डिजाईनर तथा टेलिभिजन प्रस्तोता मंदिरा वेदीका श्रीमानको निधन भएको छ ।
निर्माता एवं निर्देशक समेत रहेका मंदिराका पति राज कौशलको बुधबार बिहान हृदयघातका कारण ४९ वर्षको उमेरमा निधन भएको हो । कौशलले मंदिरासंग सन् १९९९ मा भ्यालेन्टाईन डेको दिन विवाह गरेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् । छोरी भने उनीहरले एडप्ट गरेका थिए । जसको नाम तारा हो ।
प्रतिक्रिया