विपक्षी गठबन्धनले गर्यो लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
समयपोष्ट
२०७८ असार ६ गते १५:२०
विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेको छ।
अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।
बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया