सोमबार, २४ वैशाख २०८१

बुबा जितेन्द्रको एक सर्तका कारण एकताले गरिनन् विवाह

समयपोष्ट २०७८ जेठ २५ गते २१:०८

Advertisement

बलिउड अभिनेता जितेन्द्र तथा निर्मात्री शोभा कपूरकी छोरी एकता कपूरले सोमबार आफ्नो ४६ औं जन्मदिन मनाएकी छन् ।

एकताको जन्म ७ जुन १९७५ मा भएको थियो । एकता हालसम्म पनि अविवाहित हुन् । उनले एक पटक कुराकानीका क्रममा बुबाको एक सर्तका कारण अहिलेसम्म बिवाह नगरेको बताएकी छन् । उनी भने २२ बर्षको उमेरमा बिवाह गरेर घर बसाउन चाहन्थिन् ।

‘जव म १७ बर्षको थिए । बुबा जितेन्द्रले भन्नु भयो कि विवाह गर, कि पार्टी गरेर हिँड्नुको साटो काम गर, म त्यही चाहन्छु’ एकताले भनिन् ‘बुबाले पाकेट मनीको अलवा केही नदिने भएपछि पैसा कमाउन विज्ञापन एजेन्सीमा काम सुरु गरे ।’

एकतालाई धेरै कलाकारको गड मदर भनिन्छ । विद्या बालनदेखि सुशान्त सिंह राजपुतसम्मलाई एकताले ब्रेक दिएकी हुन् । एकता भन्छिन् –‘बुबाले मलाई पकेट मनी बाहेक केही दिन्न भन्नु भएको थियो । त्यसपछि मैले पैसा कमाउनका लागि एउटा विज्ञापन एजेन्सीमा काम गर्न शुरु गरेकी थिएँ ।’

Advertisement

एकता थप्छिन् ‘त्यति बेला जस्तो स्थिति थियो, त्यसमा ध्यान दिँदा मेरो जीवन ठीकठाकसंँग चल्छ भन्ने सोच्थे र राम्रो महसुस गरिरहेको थिएँ । २२ वर्षमा विवाह गर्छु र विवाहमा रमाउँछु भन्ने सोचेकी थिएँ । तर सोचेको जस्तो कहाँ हुन्छ । जव मैले हम पाँच शीर्षकको धारावाहिकबाट पायलट शूट गर्ने निर्णय गरेँ र जीटीभिलाई बेचिदिएँ । जब यो सिरियल प्रसारण भयो, म त्यति बेला जम्मा १९
वर्षकी थिएँ । शो हिट भयो र मेरा सम्पूर्ण बाटाहरु परिवर्तन भए ।’

एकता सन् २०१९ मा सेरोगेसीको माध्यमबाट आमा बनेकी छन् । छोरोको नाम पनि आफ्ना बुबाको नामबाट राखेकी छन् –रवि कपूर ।

अहिले एकताको नाम टेलिभिजनदेखि बलिउडसम्म छ । एकता एक सफल निर्देशक, स्क्रिप्ट राइटर र प्रोड्यूसर पनि हुन् । एकता र उनकी आमा शोभा कपूर बालाजी टेलिफिल्मकी​ पार्टनर पनि हुन् ।

१९ वर्षको उमेरदेखि एकताले आफ्नो करियरको शुरुवात गरेकी थिइन् । एकताले ब्रेक दिएका ब्यक्ति कयौ स्टार भएका छन् । उनले करिब ४० शोमा काम गरेकी छन् । जसमा ‘हम पाँच’, ‘पडोसन’, ‘क्याप्टेन हाउस’, ‘मानो या नमानो’, ‘कन्यादान’, ‘कुम कुम भाग्य’ लगायत थुप्रै छन् ।

एकताले फिल्म ‘क्योकि मै झुठ नहीं बोलता’बाट बलिउड कदम राखेकी थिइन् । त्यसको अलवा ‘शुटआउट एट लोखंडवाला’, ‘लव सेक्स और धोका’, ‘द डर्टी पिक्चर’, ‘रागिनी एकएकएस’लगायत थुप्रै फिल्म निर्देशन गरेकी छन् । उनी भारतीय टेलिभिजन अकादमी पुरस्कार, इन्डियन टेलिअवार्ड, कलाकार पुरस्कार, एशियाई टेलिभिजन अवार्डलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री