संविधान कार्यान्वयनमा प्रेस जगतले सहयोग गर्नुपर्छ : प्रधानमन्त्री
समयपोष्ट
२०७३ असोज १३ गते ९:३७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको र यसमा प्रेस जगतले सहयोग गर्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको पहिलो एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको र त्यसको लागि प्रेस जगतले सहयोग गर्नु पर्ने बताएका हुन् । प्रेसले सहयोग नगरे स्थिति जटिल हुन सक्ने उनको धारणा थियो ।
उद्घाटनको क्रममा दाहालले सबैलाई एकतावद्ध गर्दै संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले दलहरुको विचारमा विविधता भएपनि राष्ट्रिय हित विपरित कुनै सम्झौता र प्रतिस्पर्धा हुन नसक्ने समेत प्रष्ट पारे ।
प्रतिक्रिया