संविधान संशोधनको गृहकार्य अन्तिम विन्दुमा :मन्त्री निधि
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको गृहकार्य अन्तिम विन्दुमा पुगेको बताएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गत राज्यव्यवस्था समितिमा सदस्यहरुले निर्वाचनको तयारीका सम्वन्धमा उठाएको प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक सहमति जुटाउन संविधान संशोधनको गृहकार्य भैरहेको बताएका हुन् ।
उनले एमालेको पनि संविधान संशोधनका लागि भएको गृहकार्यमा सहमति रहेको बताए ।यस्तै निर्वाचन कानुनको तर्जुमा पनि तिव्र गतिमा अगाडि बढाइएको मन्त्री निधि जानकारी दिए ।
जवाफ दिने क्रममा मन्त्री निधिले स्थानीय तहको सिमांकन निर्धारण आयोगको मापदण्ड समेत परिर्वतन गरेको बताए ।
सबै राजनीतिक दलको साझा सहमति खोज्न इलाकालाई आधार मान्दा सजिलो हुन्छ भन्ने सोचले आयोगको मापदण्ड परिर्वतन गरेको उनले स्पष्ट पारे ।
मन्त्री निधिले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आयोगले काम गर्नुपर्ने संबैधानिक व्यवस्था भएकाले आयोगले त्यसै अनुसार काम गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया