गाउँपालिका अध्यक्षले विवाहित महिलालाई यौन प्रस्ताव राखेको स्क्रिनसट भाइरल
समयपोष्ट
२०७७ कार्तिक ९ गते २०:२९
एक विवाहित महिलालाई यौन सम्बन्धको प्रस्ताव राख्ने गाउँपालिका अध्यक्ष कार्वाहीमा परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलाललाई नेकपा दोलखाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
एक महिलालाई फेसबुक च्याटमार्फत यौन सम्बन्धका लागि प्रस्ताव राखेको कुरा स्क्रिन सटसहित सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपा दोलखाले पार्टीको तर्फबाट शैलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित दुलाललाई कारबाही गरेको जनाएको छ ।
उनी तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका थिए ।
प्रतिक्रिया