मंगलबार, १८ वैशाख २०८१

वरिष्ठ न्युरोसर्जन डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन

समयपोष्ट २०७४ पुष ९ गते १३:५९

वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।

Advertisement

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उनको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।

डा रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित बनाएकाले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताए ।

“उहाँको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने बुझिएको छ, के भएको भन्ने आधिकारिक जानकारी भने आइसकेको छैन, तर हामी उहाँलाई चाँडै पूर्ण स्वास्थ्यलाभ होस् भन्ने कामना गरौँ”– उनले भने।

नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय देवकोटालाई जटिल रोग लागेको र उनको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री