सोमबार, २४ वैशाख २०८१

मोदीले विराट अनुष्कालाई भने -तपाईंहरु उत्कृष्ट आमाबुवा हुनुहुनेछ

समयपोष्ट २०७७ असोज ३ गते १२:१४

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनमा ट्वीटरमा बधाई दिनेहरुलाई धन्यवाद दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखि बलिउडका थुप्रै कलाकारहरु विराट कोहली,अनुष्का शर्मा,कंगना रनौत,सांसद हरसिमरत कौर,करन जोहर,माधुरी दिक्षित,सञ्जय दत्तलगाएतलाई धन्यवाद् दिएका हुन् । मोदीले विराट कोहली र अनुष्का शर्मालाई उनीहरु एक उत्कृष्ट आमा–बुवा बन्ने समेत बताएका छन् । यस्तै माधुरी दिक्षितलाई उनको र उनको परिवारको किचन गार्डनका लागि शुभकामना दिएका छन् ।

मोदीले किसान बिलको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजिनामा दिने अकाली दलकी सांसद हरसिमरत कौरलाई पनि धन्यवाद दिएकी छिन् । मोदी बिहिबार ७० वर्ष पुगेका छन् ।

मोदीको जन्मदिनको उपलक्ष्यमा विराटले ट्वीट गरेका थिए, ‘देशका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको अशेष शुभकामना ।’

Advertisement

करन जोहरले लेखे, ‘भारतीय सिनेमालाई विश्व स्तरमा पहिचान दिलाउने मेरो विचारले उहाँको समर्थन पाएको थियो ।’ यसको जवाफमा मोदीले आफूलाई यसबारे पूर्ण याद भएको बताउँदै सिनेमाका लागि उनको प्यासन सराहनीय भएको बताए ।

माधुरी दिक्षितले पनि मोदीलाई बधाई दिए । जवाफमा माधुरी दिक्षितलाई भने, ‘तपाईंको परिवारलाई किचन गार्डनका लागि शुभकामना ।’मोदीले शाहरुखसँग भने, ‘मलाई विश्वास छ कि आइपीएल सिजनले तपाईंलाई असाध्यै व्यस्त राख्नेछ ।’

मोदीले आफ्नो मन्त्रीमन्डलकी पूर्व मन्त्री हरसिमरत कौरलाई धन्यवाद दिएका छन् । उनले जवाफमा भने, ‘तपाईंको आत्मनिर्भर भारत बनाउन खाद्य प्रशोधन क्षेत्रमा गरेको काम प्रशंसनीय छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री