अब बन्ने सरकारले पूँजी बजारलाई प्राथमिकतामा राख्ने ,ओलीले भने-‘ शेयर बजार गिरेको देखेर नआत्तिनुहोस’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले पूँजी बजारलाई प्राथमिकतामा राख्ने बताएका छन् । विहीबार ब्रोकर एशोसिएसनका पदाधिकारीसंग कुरा गर्दै ओलीले आगामी सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुने बताएका हुन् ।
ओलीले वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने हल्ला नियोजित रुपमा चलाईएको भन्दै उनले भने ,‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्,तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।
ओलीले लगानीकर्तालाई शेयर बजारमा आएको गिरावटबाट नतर्सिन समते आग्रह गरे । उनले भने ,‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धुमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’
ओलीले पूँजी बजार देशको अर्थतन्त्रको ऐना भएकाले यसको विकासले नै समग्र देशको विकास हुने बताए ।
प्रतिक्रिया