भारतीय अभिनेत्री प्रियंका चोपडा यस वर्ष फोब्र्स म्याग्याजिनको लिष्टमा
	
	फोब्र्स म्याग्याजिनले यस वर्षको सबै भन्दा बढी पैसा कमाउने टि भी एक्ट्रेसको लिष्ट सार्वजनिक गरेको छ ।  लिष्टमा  भारतीय अभिनेत्री प्रियंका चोपडा पनि परेकी छिन् ।
	 
यस लिष्टमा कोलम्वियन अमेरीकन एक्ट्रेस सोफिया बेरगारा लगातार पाँच वर्ष देखि टप लिष्टमा रहेकी छिन् । सोफिया साल भरीमा ४३ मिलियन अमेरीकी डलर कमाउछिन् ।
	 
दोस्रो नम्वरमा परेकी छिन् अमेरीकाकी केली कुक जसले एक सालमा २४.५ मिलियन अमेरीकी डलर कमाउछिन् ।
	 
                                                      
	
	मिंडी कालिंग उनले १५ मिलियन अमेरीकी डलर कमाउछिन् ।फोब्र्स लिस्टमा उनी तेस्रो नम्वरमा परेकी छिन् । 
	 
	
	त्यस्तै  चौथो नम्वरमा परेकी एक्ट्रेस एलेन पोम्पो   १४.५ मिलियन अमेरीकी डलर कमाउछिन ।  
	 
	
	एक्ट्रेस मरिस्कोको  कमाई  पनि १४.५ मिलियन अमेरीकी डलरनै रहेको छ । उनलाई  फोब्र्स पाचौ नम्वरमा राखेको छ ।
	 
	
	छैठौ नम्वरमा परेकी केरी वाशिग्टनको कमाई १३.५ मिलियन अमेरीकी डलर रहेको छ ।
	 
	
	१२ मिलियन अमेरीकी डलर कमाउने स्टेना यो लिष्टमा सातौ नम्वरमा छिन् । 
	 
	
	भारतीय अभिनेत्री प्रियंकाको कमाई ११ मिलियन अमेरीकी डलर रहेको छ । यो लिष्टमा प्रियंकाले पहिलो पटक आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उनी लिष्टको आठौ नम्वरमा छिन् ।
	 
	
	१०.५ मिलियन अमेरीकी  डलर कमाउने जुलियाना मार्गुलीस यस लिष्टमा नवौ नम्वरमा छिन् ।
 




























 
	
प्रतिक्रिया