आइतबार, २३ वैशाख २०८१

भुवन केसीले गालामै मुख जोड्न आएपछि दाई भन्दै धकेलीदिए : साम्राज्ञी

समयपोष्ट २०७७ असार १६ गते १०:४८

Advertisement

नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसी माथि यौन दुव्र्यवहारको आरोप लगाएक छिन् । सामाजिक सञ्जालमा उनले लेखेका एक स्टेटसमा भुवन केसीले नराम्रो प्रतिकृया जनाएपछि उनले भुवनको नामनै लिएर आफुमाथि भएको दुव्र्यवहारको खुलासा गरेकी हुन् ।

साम्राज्ञीले तीन दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दुब्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

उनले त्यसमा कसैको नाम भने उल्लेख गरेकी थिइनन्। उनको सो भिडियोमा प्रतिकृया दिँदै भुवन केसीले ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने’ भन्दै सामाजिक सञ्जाल मार्फत नै प्रतिकृया दिए । भुवनको यस्तो प्रतिकृया आएपछि साम्राज्ञीले उनको नामै तोकेर जापानमा एक अवार्ड कार्यक्रमका क्रममा आफुलाई दुब्र्यवहार गरेको भन्दै अर्को भिडियो जारी गरेकी छन्।

नेपाली फिल्म क्षेत्रमा पनि अग्रज कलाकारले नयाँ कलाकारलाई शोषण गर्ने गरेको प्रशंग बेलाबेलामा आउने गरेको छ । तर कसैले पनि आफु माथि यस्तो ब्यवहार भएको खुलेर बताउन सकेका थिएनन् । तर साम्राज्ञीले भने आफु माथि भएको दुब्र्यवहारका बारेमा खुलेर बोलेकी छिन् ।

Advertisement

अभिनेत्री साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अश्लील गालीसमेत गरेको भनेर भिडियो सार्वजनिक गरेकी छन् । भुवन केसीले त्यसमा पनि प्रतिकृया जनाएपछि साम्राज्ञी थप खुलेर आएकी छन् । उनले आफुले फिल्म क्षेत्रका बारेमा यस्तो भन्नुपर्ने अवस्था ल्याउने नै भुवन भएको बताएकी छन् ।

साम्राज्ञीको नाम नलिईकन अभिनेता केसीले आइतबार राति फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ! सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !!’

भुवनको यो स्टाटस पछि साम्राज्ञीले भुवनको नाम नै तोकेर आफुलाई जापानको कार्यक्रममा भुवनले दुब्र्यवहार गरेको बताईन् । । उनले भिडियोमा आफूलाई सुटिङका बेला त्यो व्यक्तिले मुखमै आएर कुरा गर्ने गरेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्ने। उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन। यो अवस्था आएको नै उहाँले गर्दा हो।’

‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा को’ट्या’एर के फाइदा। यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनु भयो,’ उनले अगाडी भन्छिन् , ‘भित्र मलाई घि’न लागिरहेको थियो। त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार। त्यही परभर्ट व्यवहार। गालामै मुख ल्याएर बोलिरहेको थियो। उहाँलाई अंकल भनेको पन पर्दैन। हस दाइ भन्दै धकेलिदिएँ। म जे बोल्दै छु यो सबै सत्य हो।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री