कोरोना बिमा पुन: सुरु, जोखिम वहनमा कम्पनीहरुलाई सरकारले पनि सहयोग गर्ने
समयपोष्ट
२०७७ जेठ २३ गते १५:५१
जोखिम वहनमा सरकारले सहयोग गर्ने भएपछि कोरोना बिमा पुन: सुरु भएको छ ।
कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए । शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुन: सुरु गरिएको बताइएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले नै सरकारले पनि दायित्व वहन गर्ने भनेपछि बिमा समितिले कोरोना बिमा पुनः सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको बुझिएको छ ।
प्रतिक्रिया