नेपाल एसबिआई बैंकले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि १ करोड सहयोग गर्ने
समयपोष्ट
२०७६ चैत २१ गते १२:५१
नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ ।
बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया