बनेपामा गाडीको ठक्करले पैदल यात्रुको मृत्यु,अरनिको राजमार्ग अबरुद्ध
समयपोष्ट
२०७४ मंसिर ४ गते १०:००
अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बोलेरो गाडीको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ । बा१८च ३११९ नम्बरको बोलेरो गाडीको ठक्करबाट ५८ वर्षीय बाबु विष्ट मृत्यु भएको हो । बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका उनलाई शिरमेमोरियल अस्पताल पुर्याईएको थियो । उनको अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु पछि काभ्रेको बनेपा-१० जनागाल तनावग्रस्थ बनेको छ ।
विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।
ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया