पूर्व राष्ट्रपति ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित
समयपोष्ट
२०७४ कार्तिक २४ गते ७:२०
पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट अभिनन्दन गरिएको छ । स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दन गरेको हो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दनसहित विभूषित गरिन् । कार्यक्रममा स्व.नेता सिंहको शालिकमा माल्यार्पण समेत गरियो ।
प्रतिक्रिया