मंगलबार, १८ वैशाख २०८१

ऋणको बोझले छोराको हत्यापछि बाबुले गरे आत्महत्या

समयपोष्ट २०७४ कार्तिक १० गते ५:३२

कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

Advertisement

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठा मा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री