माओवादी केन्द्रले किन गर्यो प्रधानमन्त्री झन् अप्ठ्यारोमा पर्ने यस्तो निर्णय
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । माओवादी पार्टी कार्यालयमा आज बसेको शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार गर्ने निर्णय गरेपनि चुनावको मुखमा राजनीति फेरि पेचिलो बनेको छ । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्नेसम्मका समाचारहरु प्रकाशमा आईरहेका बेला मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय लिएका थिए ।
देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्ममा मन्त्रीहरुको सख्याँ ६४ पुगेको छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो ।
प्रतिक्रिया