सोमबार, २४ वैशाख २०८१

एक जनाको आँखाबाट ४ जनालाई दृष्टि !

समयपोष्ट २०७६ कार्तिक २८ गते १४:२७

Advertisement

तिलगंगा आँखा प्रतिष्ठानमा एक व्यक्तिको आँखा नानी निकालेर चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ।

‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ नामक अन्तर्राष्ट्रियस्तरको प्रविधि १० महिनाअघि भित्रिएको प्रतिष्ठानका आई बैंक व्यवस्थापक शंख नारायण त्वाय्नाले बताए। यो प्रविधिबाट एक व्यक्तिका दुइवटा आँखाले चार जनालाई दृष्टि दिन सकिने त्वाय्नाले जानकारी दिएका छन्।

त्वाय्नाका अनुसार यो प्रविधिबाट नानीको कुन भागमा समस्या भएको हो पहिल्याएर, सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिन्छ। यो प्रविधिबाट हालसम्म ६० जनालाई सेवा दिइएको व्यवस्थापक त्वाय्नाले जानकारी दिए।

प्रविधि भित्रिएपछि १५ जना व्यक्तिबाट ३० वटा आँखा संकलन गरेर ६० जनालाई प्रत्यारोपण गरिएको हो। प्रविधि भित्रिए पनि नानी प्रत्यारोपणको तालिम प्राप्त चिकित्सकको कमि, प्रत्यारोपणमाआवश्यक साधनको कमिका कारण सोचेजति प्रत्यारोपण गर्न नसकिएको त्वाय्ना बताउँछन्। अहिले आँखा प्रत्यारोपण गराउनसक्ने चिकित्सक १२ जना मात्रै छन्।

Advertisement

यसकारण प्रत्यारोपणलाई अझै शशक्त रुपमा लैजान प्रत्येक प्रदेशमा आँखा संकलन केन्द्र बनाउने, आँखा प्रत्यारोपण गर्नसक्ने चिकित्सक उपलब्ध गराउने, तालिम गराउन ‘रिकभरि सेन्टर’को संचालन लगायतका योजना रहेको त्वाय्नाले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री