कामना सेवा विकास बैंकले १३ औँ वार्षिकोत्सवको अवसरमा गर्यो रक्तदान
कामना सेवा विकास बैंकले १३ औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वरस्थित आइ एस टि कलेजमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको सौजन्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा कुल ६८ जना रक्तदाताले रक्तदान गरेको बैंकले जनाएको छ। बैंकले कार्तिक २७ गते १३ आौँ वार्षिकोत्सव मनाउँदैछ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया