मंगलबार, १८ वैशाख २०८१

सिटिजन लाइफले ७५ करोडको आइपिओ निश्कासन गर्ने

समयपोष्ट २०७६ कार्तिक १ गते ११:०३

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड बराबरको आइपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले दोश्रो वार्षिक साधारण सभाबाट उक्त निर्णय पारित गरेको हो ।

उक्त साधारण सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

त्यसै गरी उक्त सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । यसै सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिप प्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री