आइतबार, २९ असार २०८२

लुम्बिनी बिकास बैंकको पर्साढापमा शाखा कार्यालय विस्तार 

समयपोष्ट २०७४ भदौ २५ गते ११:४५

लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी थप जनसंख्यामा बैंकिङ्ग सेवा पुर्याउने नीति अनुरुप चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २७, पर्साढापमा आफ्नो ५६ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।
स–साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।
आईतबार देखी सञ्चालनमा आएको उतm शाखाको उद्घाटन लुम्बिनी विकास बैक लि. संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले गरे । 

Advertisement

यस विकास बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै  एबिबिएस, मोवाइल बैंकिङ, रेमिट्यान्स लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । 
बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाण्डौंमा रही देशका ५ प्रदेशका विभिन्न भागमा कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएम बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. ६ र ७ मा समेत शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको बैकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री