बुधबार, ७ साउन २०८२

अब एटिएमबाट अधिकतम २० हजार रुपैयाँ भन्दा बढी निकाल्न नपाइने

समयपोष्ट २०७६ भदौ २० गते १२:२०

नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने रकमको सिमा घटाएको छ । चिनियाँ ह्याकरले नक्कली कार्ड बनाई एटीएम मार्फत करोडौ रकम चोरी गरेपछि राष्ट्र बैंकलेएक निर्देशन जारी गर्दै सिमा घटाएको जानकारी दिएको हो ।

यससंगै अब एटिएमबाट एक पटकमा न्युनतम ५ सय र अधिकतम २० हजार रुपैयाँसम्म मात्र निकाल्न पाइने छ भने एक दिनमा अधिकतम ६० हजार रुपैयाँ भन्दा बढी निकाल्न पाइने छैन । यस अघि एक पटकमा २५ हजार रुपैयाँसम्म र एक दिनमा १ लाख सम्म निकाल्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री