मंगलबार, १८ वैशाख २०८१

मिटरमा जान नमान्ने ३८ ट्याक्सी कारबाहीमा

समयपोष्ट २०७४ भदौ १९ गते ६:२४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । 
महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो । 

Advertisement

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिए । महाशाखाले मिटर नजोडेका तीन, कागजपत्र नलिइ सवारी चलाएका दुई ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ । 
महाशाखाले यस अगाडि प्रिन्टर मेसिन नजोडी यात्रुलाई ठगेको आरोपमा १५० भन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री