एनआइसी एसियाको नाफा ३ अर्ब नाघ्यो
एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५÷७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत आर्थिक बर्ष ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो बर्षको १ अर्ब ३३ करोडको नाफामा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ थपेर यसपाली ३ अर्ब ५ करोड नाफा पुर्याएको हो। यो भनेको १२९ प्रतिशतको बृद्धि हो।
बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ। यस अवधिमा खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्याएको छ।
बैंकले वासलातको आकार नै २७ प्रतिशतले बढाएर २१७ अर्ब ७० करोड पुर्याएको छ। बैंकको कुल कर्जा एक बर्षमा २९ अर्ब ५४ करोडले बढाएर १५० अर्ब तथा निक्षेप २९ अर्ब ३६ करोडले बढाएर १८० अर्ब ५८ करोड पुर्याएको छ।
बैंकको प्रति शेयर आम्दानी ३४.५६ तथा स्वपूँजीमा प्रतिफल २५.१६ प्रतिशत कायम भएको छ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाखभन्दा बढी ग्राहकहरू रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
प्रतिक्रिया