मंगलबार, २४ असार २०८२

‘हामीले समर्थन गर्ने खुला बजार अर्थतन्त्रको सिद्धान्त नै हो’

समयपोष्ट २०७५ पुष १२ गते ११:४२

Advertisement

नेपाल बैङ्कर सङ्घले व्याजदर निर्धारण गर्न बैङ्कलाई नै स्वतन्त्र छोडिदिएसँगै अहिले बैङ्कहरूबीच व्याजदर बढाउने प्रतिस्पर्धा चलेको छ, यसले बैङ्किङ क्षेत्रलाई कस्तो असर पार्ला ?

हामीले जुन भद्र सहमति गरेका थियौँ, वित्तीय प्रणालीमा व्याजदर धेरै बढ्यो भने ग्राहकहरूलाई र नेपाल सरकारको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई असर पर्ला कि भनेर हामीले राष्ट्र बैङ्क र अर्थ मन्त्रालयसमेतको सहमित लिएर गरेका थियौँ । अर्थ मन्त्रालयले पनि सरकारी एजेन्सीहरूलाई धेरै एसेट बिड नगर्नू भनेको हो । तर यहाँ कुनै–कुनै बैङ्कको डिपोजिट स्टकचर धेरै कल र इन्टिच्युटनलतिर गयो । उनीहरूले डिपोजिट बढाउन सकेनन् । त्यसैले एनबीएले व्यक्तिगत बचतको व्याजदर खुला गरेको हो । तर मेरो विचारमा त्यो खुला गर्नुअगाडि सेभिङ पनि ७ बाट ५, ७ मा ल्याउनुपर्ने थियो । त्यो भएको भए सबैलाई रिलिफ हुने थियो ।

यहाँ कुनै–कुनै बैङ्कको डिपोजिट स्टकचर धेरै कल र इन्टिच्युटनलतिर गयो । उनीहरूले डिपोजिट बढाउन सकेनन् । त्यसैले एनबीएले व्यक्तिगत बचतको व्याजदर खुला गरेको हो ।

 

Advertisement

कतिसम्म सहमति राखिरहने भनेर गरेको हो । केन्द्रीय बैङ्क र नेपाल सरकारबाट सहमति छ भनेर हामी लामो समय सस्टेन गर्न सक्छौँ । तर हैन, हामीलाई थाहा छैन, बैङ्कहरूले गरेको हो भनेको अवस्थामा धेरै समय यो सहमति कायम राख्न सक्दैनौँ ।

व्याजदर बढाउँदैमा डिपोजिट आउँछ ?

हामीले आएको छैन भनेर देखेका छौँ । तर यहाँ समस्या भनेको हामी बैङ्कहरू मात्र होइनौँ । विकास बैङ्क, फाइनान्स कम्पनी छन् । हामीले उहाँहरूसँग पनि कुरा गरेर बढाउँदैनौँ भनेर सहमति लिएका थियौँ । तर व्याजदर बढाउँदा फिक्स डिपोजिटमा अलिकति वृद्धि भएको छ । तर बचतमा भएको छैन ।

अघिल्लो वर्ष पनि व्याजदरको विषयलाई लिएर बैङ्कहरूबीच नै कित्ताकाट भएको थियो, अहिले पनि त्यस्तै देखिन्छ । एकातिर हामी खुला बजार अर्थतन्त्रको कुरा गर्दछौँ तर एनबीले व्याजदर निर्धारण गर्दछ, तपाईंलाई के लाग्छ, यो ठीक हो ?

हामीले समर्थन गर्ने खुला बजार अर्थतन्त्रको सिद्धान्त नै हो । तर यहाँ भर्खर नयाँ सरकार आएको तर आर्थिक वृद्धिदर बढाउने लक्ष्य थियो, फेरि पूर्वगर्भनर अर्थमन्त्री भएको बेला व्याजदर १४–१५ गयो भने त बिग्रन्छ भनेर अलिकति सपोर्ट गर्नलाई गरेको हो । तर यो छोटो समयका लागि मात्र गरेका थियौँ । त्यो बेला अर्थ मन्त्रालयले पनि कमिटी बनाएको थियो तर त्यो कमिटी पछि के भयो, थाहा भएन ।

 

प्रतिक्रिया विस्तारै यस्तै भयो भनेर हामीहरूले पनि सल्लाह गर्दछौँ । अहिले अर्थ मन्त्रालयले पनि चासो देखाएको छ, यसले स्टक मार्केटलाई पनि असर गरेको छ । व्याजदर कन्ट्रोल गर्न एनबीए मात्र होइन, अर्थ मन्त्रालय, राष्ट्र बैङ्क सबै मिलेर एउटा सहमतिमा आउनुपर्छ । यसमा नीतिगत सुधार के गर्नुपर्छ, त्यो हेर्नुपर्छ ।

अहिले निक्षेप तानातानको जुन अस्वस्थ क्रियाकलाप भइरहेको छ, यसलाई अब कसरी रोक्न सकिन्छ, तपाईंको सुझाव के छ ?

यो जोखिमको कुरा हो । पहिले नै राष्ट्र बैङ्कले संस्थागत निक्षेपमा ४५ प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने परिभाषा फिर्ता गरेर यसलाई इनफोर्स गर्यो भने यो रोकिन्छ ।

राष्ट्र बैङ्कले संस्थागत निक्षेपमा ४५ प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने परिभाषा फिर्ता गरेर यसलाई इनफोर्स गर्यो भने यो रोकिन्छ ।

हिमालयन बैङ्कको अवस्था कस्तो छ ?

हाम्रो अवस्था ठीकै छ । भर्खरै मोबाइल बैङ्किङको एप लन्च ग¥यौँ । बेसरेट ९ दशमलब ३ छ । हामीले कर्जा बढाउन सकेका छैनौँ । विस्तारै डिपोजिट बढेको छ । तर जुन हिसाबले बढ्छ भन्ने हाम्रो लक्ष्य थियो, त्यो अनुसार बढ्न सकेको छैन । यो समस्या हाम्रो मात्र होइन, सबै बैङ्कलाई छ । समयबोध म्यागेजिनको पुस अंकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री