बिहीबार, ३ जेठ २०८१

कारोबार रोकिएका चार बैंकको कारोबार सुचारु

समयपोष्ट २०७५ पुष ८ गते ८:२६

बिहीबार बेलुका देखि रोकिएको चार बैंकको शेयर कारोबार खुलेको छ । आइतबारबाट सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार खुलेको हो ।

Advertisement

नेप्सेले धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्नेमा उक्त कम्पनीहरुले नियमको पालना नगरेका कारण शेयर कारोबार रोकेको थियो । चार बैंकहरुले नेप्सेलाई स्पष्टिकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो । यस्तै जवाफ नपठाउँदा मिसन डेभलपमेन्ट बैंकको भने शेयर कारोबार अझै खुलेको छैन ।

नेप्सेले मागेको स्पष्टिकरण सन्तोषजनक नभएपनि शेयरधनीको हितलाई ख्याल गर्दै चार बैंकको शेयर कारोबार भने खुला गरेको हाे ।
नेप्सेले काराेबार खुला गरेकाे चारवटै कम्पनीलाई अब उप्रान्त नियम, विनियम,तथा प्रचलित कानूनी व्यवस्थामा तोकिएबमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन सचेत गराइएको जनाएको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री