बुधबार, ९ जेठ २०८१

सेक्स लाइफ सुमधुर बनाउन बेडरूममा लगाउनुहोस् यी कलर

समयपोष्ट २०७५ मंसिर २५ गते ८:४५

हालै मात्र सार्वजनिक गरिएको एक अध्ययनमा बेडरूमको भित्ताको रंग र तपाईं कति सेक्स गर्नुहुन्छ यसको पारस्परिक सम्बन्धको बारेमा खुलासा गरेको छ ।

Advertisement

निलो रंगको भित्ता

प्रायः जसो मानिसलाई रातो र गुलाफी रंग अन्तरंगता र यौन सम्बन्धसँग जोडेर हेर्ने गर्छन । तर, तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ की यी रंगको साटो निलो रंगले बेडरूममा उत्तेजना जगाउनमा मद्दत गर्छ । अध्ययनका अनुसार प्रायःजसो मानिसहरु शान्ति अनुभव र आरामको निद्राका लागि निलो रंगको बेडरूममा आउने गरेका छन् । जुन कपल्सको रुममा निलो रंगको भित्ताका साथै बेडपनि निलो हुन्छ उनीहरु हप्तामा औसत ३ पटक सम्म सेक्छ गर्ने गरेको अध्ययनबाट पत्ता लागेको छ ।

पहेँलो रंगको पर्खाल

राती सबैभन्दा राम्रो निद्राका लागि निलो पहिलो नम्बरमा पर्छ भने पहेँलो दोस्रो नम्बरमा पर्छ । अध्ययनका अनुसार जिसको बेडरूमको भित्ताको रंग पहेँलो हुन्छ उनीहरु राती औसत ७ घन्टा ४० मिनेट सम्म सुत्ने गर्छन् । वार्म येलो कलर शरीरको नर्भस सिस्टमलाई रिल्याक्स गरी शरीरलाई शान्त बनाउने काम गर्छ ।

Advertisement

वैजनी रंगको पर्दा र ओढ्ने

वैजनी रंग लग्जरी, क्वालिटी, धनसम्पत्तिको प्रतिक हो र यो सबैलाई मिलाउने हो भने यसले नजिक बनाउने काम गर्छ । यस अवस्थामा यदि तपाईँ आफ्नो सेक्स लाइफमा उत्साह जगाउन चाहनुुहन्छ भने आफ्नो बेडरूमको भित्ताको रंग वैजनी गराउन सक्नु हुन्छ ।

यदि तपाईं आफ्नो बेडरूमको भित्ताको रंग बदल्न चाहनु हुन्न भने झ्यालको पर्दा र ओढ्नेको रंग बदल्न सक्नुहुन्छ । त्यसका लागि वैजनी रंग निकै नै उत्तम मानिन्छ ।

तपाईं आफ्नो कोठाको झ्यालको पर्दा, ओढ्ने, बेडसिट र तकियाको खोल वैजनी रंगको लगाएर आफ्नो सेक्स लाईफलाई अझ राम्रो बनाउन सक्नु हुनेछ । यी अध्ययनका अनुसार जो व्यक्तिहरुले आफ्नो बेडरुमको रंग परिवर्तन गरे उनको सेक्स लाइफ पहिलाको भन्दा अझ बढि राम्रो भयो । लण्डनको २ हजार वयस्कमाथि गरिएको यो अध्ययनको नतिजाले प्रमाणित गरेको छ कि जसले आफ्नो बेडरूमलाई वैजनी रंगले रि डेकोर गरे उनले हप्तामा ४ पटक सम्म सेक्स गरे ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री