न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत साउन १० निर्मला पन्तको बलात्कार पश्चात हत्याको भएपनि दोषीको हालसम्म पहिचान हुन नसकेको छैन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री