बुधबार, ९ जेठ २०८१

जान्भी कपुर हेलिकप्टर उडाउन सिक्दै

समयपोष्ट २०७५ मंसिर २४ गते ७:२४

बलिउड अभिनेत्री जान्भी कपुरले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्र पनि करण जोहरकै प्रडक्शन हाउसबाट बन्नेछ ।
यो चलचित्र बहादुर पाइलट गुञ्जन सक्सेनाको जीवनीमा आधारित रहेर बन्नेछ । यो चलचित्रका लागि हाल जान्भीले हेलिकप्टर उडाउन सिकिरिहेकी छिन् ।

Advertisement

यो चलचित्रमा जान्भीको अपोजिटको रुपमा साउथका स्टार सलमानलाई फाइनल गरिएको भारतीय मिडियाले जनाएका छन् ।

यो चलचित्रमा जान्भीले हेलिकप्टर नै उडाउनु त पर्ने छैन । तर, त्यसभित्र बसेर कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा जान्भी अहिले अध्ययन गरिरहेकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री