हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ : उपप्रमुख खड्गी

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हँुदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गर्नुभयो ।

Advertisement

उपप्रमुख खड्गीले भन्नुभयो, “लैङ्गिक हिंसा अन्त्यका लागि व्यापकरुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ”, हिंसाविरुद्धको १६ दिने अभियानमा कडीकडाउसँग लाग्नुपर्छ ।”

प्रहरी प्रधान कार्यालयका मानवअधिकार शाखा प्रमुख गङ्गा पन्तले बचाउको आधार नै प्रमाण रहेको बताउनुभयो । प्रमाण नभई हद म्यादले मात्र केही गर्दैन । उहाँले भन्नुभयो, “अबको महिलाले फेरि यो हिंसा सहने कुरा नगरौँ ।”रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री