बुधबार, ९ जेठ २०८१

अध्यनको खुलासा : यस्ता पुरुषले छिटो छिटो बदल्छन् सेक्स पार्टनर

समयपोष्ट २०७५ मंसिर २३ गते १०:३१

कम उमेरमा पोर्न अर्थात अश्लिल फिल्म हेर्ने पुरुषमा उमेर बढ्दै गएपछि त्यसको असर देखिने अमेरिकी शोधकर्ताहरूले दावी गरेका छन् । नेब्रास्का युनिर्भरसिटीका शोधकर्ताहरूले गरेको अनुशन्धान अनुसार जति कम उमेरमा पुरुषले अश्लिल फिल्म हेर्छन अरुको तुलनामा त्यति नै कम उमेरमै महिलाप्रतिको आकर्षण बढ्ने बताइएको छ ।

Advertisement

करिब २० वर्ष उमेर समूहका ३३० अण्डरग्रयाजुएट विद्यार्थीमाथि सर्भे गरिएको थियो । उनीहरूले औसतमा १३ वर्षमा नै अश्लिल फिल्म हेरिसकेका थिए ।

अध्ययनमा सहभागी मध्ये एक जनाले ५ वर्षमै पहिलो पटक ‘पोर्न’ फिल्म हेरेका थिए । अर्को एक जनाले २६ वर्षको हुँदा मात्र पहिलो पटक अश्लिल फिल्म हेरेको बताएका थिए । सर्भेबाट प्राप्त यो आँकडा अहिलेसम्म कतै प्रकाशित नगरेको अमेरिकाको वासिङ्टनमा आयोजित एक कार्यक्रममा शोधकर्ताहरूले बताए ।

मुख्य शोधकर्ता एलिसा बिसम्यान तथा उनको टीमले पुरुषसँग मात्र प्रश्न सोधेको बीबीसीले लेखेको छ । प्रश्नको जवाफ दिने अधिकांश हेट्रोसेक्शुयल थिए जसले पहिलो पटक झुक्किएर अथवा जानजानी पोर्न फिल्म हेरेका थिए । शोधका क्रममा उनीहरूलाई ४६ ओटा प्रश्न सोधिएको थियो । त्यसैको आधारमा शोधकर्ताको दावी छ की जति सानो उमेरमा अश्लिल फिल्म हेर्यो उत्ति नै सानो उमेरमा यौन उत्तेजना जाग्ने, महिलाप्रति आकर्षण र प्ले ब्वाई समेत हुने बताइएको छ ।

शोधले सानो उमेरमा पोर्न फिल्म हेर्नेले वास्तविक जीवनमा यौनसुखको अनुभूति गर्न नसक्ने र उमेर बढेपछि पोर्न फिल्म हेर्नेहरूमा भने धेरै यौन चाहना हुने र यौनपार्टनर बदल्ने स्वभाव देखिएको जनाएको छ । बीबीसी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री