बुधबार, ९ जेठ २०८१

मेगास्टार ज्याकी चान जो हरेक रात वेश्यालय धाउँथे नम्बर ९ संग सम्बन्ध बनाउँथे

समयपोष्ट २०७५ मंसिर २३ गते ९:५८

मेगास्टार ज्याकी चानले आत्मसंमरण ‘नेभर ग्रो अप’मा आफ्नो विगतबारे खुलेर लेखका छन् । यो पुस्तक डिसेम्बर ४ मा अंग्रेजीमा सार्वजनिक गरिएको छ । यो पुस्तक उनको सन् २०१५ मा चिनियाँ भाषामा लेखिएको थियो। अंग्रेजी भाषामा आएसँगै पुस्तकमा उल्लेख ज्याकीको जीवनका केही प्रसंग अन्तराष्ट्रिय रुपमा चर्चामा छ । यस पुस्तकमा उनले आफ्नो नकरात्मक पक्ष, कमजोरी र असफलताका रोचक घटनाहरु यसमा समावेश गरेका छन् ।

Advertisement

१. पिउने बानी
‘बाहिर गएर हरेक रात पिउँदा मेरो व्यवसायिकतामा समस्या ल्याएको थियो । समय यस्तो पनि थियो जब म खाना अघि र खानापछि रक्सी पिउँथे । ’
‘मलाई स्टूडियोमा विहान ७ बजे बोलाइयो भने म अपरान्हमात्र पुग्थे, त्यो नि कालो चस्मा लगाएर, एकदम उत्साहीनताका साथ । कालो चस्मा किन ? अघिल्लो रातको रक्सीले फुलेको आखाँ लुकाउनको लागि ।’
‘म हरेक समय मातिएर गाडी चलाउथें । बिहान पोर्च कार दुर्घटनामा पथ्र्यो, अनि राति मसिरडिज बेन्जमा क्षति पुग्थ्यो । दिनभर म नसामा हिँड्थे ।’

२. वेश्यावृत्ति
‘म त्यति नकमाए पनि मेरो ज्याला सबै रक्सी, जुवा र केटीहरुमा सिध्याउँथे। हामीहरु सबै त्यस्तै थियौं । ’

‘म पहिलो पटक क्लब गएको सम्झन्छु । म लजाएको थिएँ तर मैले जसोतसो अनुभवी मान्छेजस्तो व्यवहार गरें । मसँग आएकी केटी, उनलाई म नम्बर ९ भनेर चिन्थे । उनी सुन्दर र प्यारी महिला थिइन् । सो क्लबमा मेरो दोस्रो भ्रमणमा मैले ‘नम्बर ९ छिन् ?’ भनेर सोधेको थिएँ । त्यसपछि हरेक पटक पनि त्यसरीनै उनीमात्र खोज्थें ।’

Advertisement

‘हरेक राति नम्बर ९ र म एउटा सानो कोठामा जसोतसो खुम्चिएर बस्थ्यौं । त्यसको छानो ठ्याक्कै टाउको माथि थियो । फेरि त्यो कोठामा त्यति ध्वनी छेक्ने खालको पनि थिएन । त्यसैले हामी आफू वरिपरिका सबै स्पष्ट सुन्थ्यौं । कुनै बेला म मानिसहरु त्यस कोठामा चिहाएर हामीहरुलाई हेर्न खोजेका देख्थें । तर पनि त्यो सानो कोठ मलाई स्वर्गजस्तै लाग्थ्यो।’

३. घरेलु हिंसा
‘ श्रीमती जोआन लिन र म एउटा कुरामा झगडा गरिरहेका थियौं कुराको निष्कर्ष पुग्ने देखिएन, त्यसैले मैले ढोका बेस्कन ढप्काएर निर्माता लियोनार्ड होलाई भेट्न गएँ । उनले मलाई लामो समयसम्म सम्झाए र भने,‘तिमी के गर्दैछौ? तिमीलाई यस्तो गरिरहनु पर्दैन । घर जाउ र दुवैले एक अर्कासँग माफी माग ।’

‘जब घर पुगें । जोआन सोफामा बसेर आफ्नो साथीहरुसँग हाँसेर कुरा गरिरकेकी थिइन्। मलाई साह्रै रिस उठ्यो। जब मैले केहि भन्न खोजिरहेको थिएँ, सानो छोरा जेसीले मेरो छेउमा आएर मलाई बन्दुकको जस्तो हात बनाएर ‘ढिच्याउँ’, ‘ढिच्याउँ’ गर्यो । उसको यस्तो व्यवहार उसको आमाको पक्षबाट बदला लिएको जस्तो लागि रहेको थियो ।

‘त्यसपछि उसले चाबी मेरो हातबाट खोसेर भुँइमा फाल्यो । जब म चाबी उठाउन निहुरिएँ, उसले मेरो हातमा लात्ती हान्यो । मलाई एकदम रिस उठ्यो । मैले उसलाई उचालेर कोठाको अर्को कुनामा हुत्याईदिए । उ सोफामा गएर बजारियो ।’

४. अनैतिक सम्बन्ध
‘सन् १९९९ मा मैले गम्भीर भूल गरें । ’

‘जब मेरो अफयरबारे समाचार आयो, उक्त सम्बन्धबाट एक बच्चा भइसकेको थियो । मिडियामा बम पड्केजस्तो गरी खबर आउन थाल्यो ।

मैले श्रीमती जोआनलाई फोन गर्न चाहेको थिएँ तर के भन्ने भनेर मलाई भन्न आइरहको थिएन । म यसबारेमा ब्याख्या गर्न असमर्थ थिएँ । ’

५. अधिक खर्च
‘प्रसिद्धिपछि मलाई सम्हाल्न सकस भइरहेको थियो । काँधमा ठूलो भार परेको महसुस भइरहको थियो । जब म सामान्य स्तरको मार्सल आर्ट खेलाडी थिएँ त्यो बेला म पेनिन्सुला होटलको बाटोबाट हिँड्दा त्यहाँको झ्यालबाट हेर्थेँ र आफूलाई निकै हिन महसुस गथें । म आफूलाई त्यहाँ खुट्टा राख्न समेत योग्य छुइन लाग्थ्यो । ’

‘पछि मैले ५ लाख हङकङ डलर नगद ज्याला पाउन थालें । त्यो बेला मैले आफ्नो पुरा स्टन्ट टोलीलाई महंगो अल्बर्ट युंग्स घडी स्टोर लगें । मैले घमण्डका साथ भने ,‘मलाई तिमीकहाँ रहेको शीर्ष १० घडी देखाऊ ,के त्यो सबैभन्दा महंगो घडी हो ? हिरा जडित छ ? ठिक छ , म सात वटा किन्छु । त्यसलाई पोको पार्नुपर्दैन । अहिले लाउँछु । र म नगदमै तिर्छु । ’

‘त्यो लिएर म फर्किएँ । सात वटा घडी, हप्ताको हरेक दिनको लागि एउटा घडी ।’साउथ चाइना मर्निङ पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री