बुधबार, ९ जेठ २०८१

बोनीसंग विवाह गर्न चाहदैन थिइन् श्रीदेवी, हेर्नुहोस् हेमा देखि रबिनासम्मको रोचक तथ्य

समयपोष्ट २०७५ मंसिर २३ गते ६:०७

रबिना टन्डन र अक्षय कुमारः

Advertisement

फिल्म मोहरा (सन् १९९४) मा रबिना टन्डन र अक्षयले सँगै काम गरे । फिल्मको सफलतापछि दुबै नजिकिए । यी दुईबिच तीन वर्षको सम्बन्ध रह्यो । रबिनाले एक अन्तर्वार्तामा अक्षयसँग मन्दिरमा गोप्य रुपमा इन्गेजमेन्ट गरेको स्विकारेकी थिइन् । अक्षयलाई आफ्नो चर्चा कम हुने डर थियो त्यसकारण आफूले उक्त कुरा लुकाएको बताइन् ।

दुबैको सम्बन्ध विवाह नजिक पुगेको थियो तर यसैबिच अक्षयको जीवनमा शिल्पाको उपस्थितीले उनीहरुलाई एक अर्काबाट अलग्यायो । अक्षय रबिना र शिल्पा दुबैलाई डेट गरिरहेको पनि बताइन्छ । पछि अक्षयले ट्वींकल खन्ना र रबिनाले व्यापारी अनिल थडानीसँग विवाह गरिन् ।

अभिषेक बच्चन र करिश्मा कपूरः

करिश्मा–अभिषेकको प्रेमको सुरुवात अभिषेककी दिदी श्वेताको विवाहपछि भयो । श्वेताको विवाह करिश्माको परिवारमै भएको हो । विवाहको क्रममा दुबै एक अर्कासँग नजिकिएका थिए ।

Advertisement

यतिबेला अभिषेकले उनको डेब्यू फिल्म ‘रिफ्युजी’ पाए । फिल्मकी नायिका करिना कपुर सेटमा अभिषेकलाई ‘भिनाजु’ भनेर बोलाउने गर्दथिन् भन्ने खबर फैलिएको थियो ।

करिश्माकी आमा बबितालाई अभिषेक मनपर्दैनथे । यसको एउटा कारण यो पनि थियो कि त्यतिबेला अभिषेकको फिल्म फ्लप भइरहेको थियो जबकी करिश्मा शीर्ष नायिका थिइन् ।

बबितालाई यो कुराको डर थियो कि अभिषेकको करियर सफल भएन भने के होला । करिश्मा पनि आमाको निर्णयलाई विरोध गर्न सकिनन् जसका कारण उक्त विवाह टुट्यो ।

पछि अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे । करिष्मा कपुरले पनि संजय कपूरसँग विवाह गरिन् । यद्यपी, संजय र करिष्माको अहिले सम्बन्धविच्छेद भइसकेको छ । संजय कपूरले प्रिया चटवालसँग तेस्रो विवाह गरेका छन् ।

सलमान खान र संगीता बिजलानीः

सलमान र संगीता बिजलानी एक समय निकै गहिरो प्रेममा थिए । दुबैको सम्बन्ध विवाहको नजिक पुगिसकेको थियो । यद्यपी, यसैबिच सलमानको जीवनमा सोमी अली आइन् र संगीता उनीबाट टाढा भइन् । सलमानले एक अन्तर्वार्तामा संगीतासँग उनको विवाहको कार्ड पनि छापिसकेको बताएका थिए तर अन्तिम अवस्थामा कुरा मिलेन र दुबैको विवाह टुट्यो ।

श्रीदेवी र मिथुन चक्रवर्तीः

बेलाबेला श्रीदेवीको नाम उनका सह–नायकसँग जोडिने गर्दथ्यो । एक समय श्रीदेवी र मिथुन चक्रवर्तीको सम्बन्धले बजार तताएको थियो । पछि दुबै अलग्गिए ।

सन् १९९६ मा श्रीदेवीले प्रशंसक र फिल्मी उद्योगका मानिसहरुलाई चकित पार्दै ८ वर्ष जेठा बोनी कपूरसँग विवाह गरिन् । श्रीदेवी बोनीसँगको आफ्नो विवाह रोक्न चाहन्थिन् तर बाध्य भएर उनले विवाह गर्नुपरेको बताइन्छ । श्रीदेवी विवाह पूर्व गर्भवती भएको पनि बताइन्छ ।

जितेन्द्र र हेमा मालिनीः

जितेन्द्र कुनैबेला हेमा मालिनीसँग नजिक थिए । यहाँसम्म कि उनी आफ्नी प्रेमिका शोभालाई छोडेर हेमासँग विवाह गर्ने तयारीमा थिए तर अन्तिम अवस्थामा यी दुईको बिचमा धर्मेन्द्र आए ।

सन् १९७५ मा रिलिज भएको फिल्म दुल्हनको सुटिङको क्रममा जितेन्द्र, हेमा मालिनी नजिकिए । दुबैले विवाह गर्ने निर्णय पनि गरेका थिए ।

जब यो कुरा जितेन्द्रकी प्रेमिका र बालसखा शोभा कपूरलाई थाहा भयो तब उनले धर्मेन्द्रलाई सम्झाउने जिम्मेवारी सुम्पिइन् । फलस्वरुप उक्त विवाह टुट्यो । पछि धर्मेन्द्र आफैंले हेमासँग दोस्रो विवाह गरे ।

विवेक ओबरोय, गुरप्रित गिलः

विवेक ओबरोय र गुरप्रित गिल सन् २००० मा एक अर्कालाई डेट गर्दथे । सन् २००२ मा दुबैले इन्गेजमेन्ट पनि गरेको बताइन्छ । गुरप्रितका अनुसार जब उनी विवेकसँगको सम्बन्धमा थिइन् तब उनलाई उनको काम र व्यस्त जीवनशैलीबारे थाहा थिएन । सम्बन्धमा तिक्तता कहिले देखि आयो भन्ने प्रश्नमा उनले भनिन्, ‘फिल्म रोडको सुटिङका क्रममा विवेक मैले उनको कपडा डिजाइन गरोस् भन्ने चाहन्थे तर मैले यस्तो गरिनँ । यही कुराले हाम्रो सम्बन्ध चिसो भयो । त्यसपछि विवेकले ममाथि विभिन्न झुटा आरोप लगाए जसका कारण हामीले अलग हुने निर्णय गर्यौं ।’

विवेकले सन् २०१० को अक्टोबर २९ तारिखमा प्रियंका अल्वासँग विवाह गरे ।

मल्लिका शेरावत, विजय सिंहः

सन् २०१३ मा मल्लिका शेरावतले टेलिभिजन कार्यक्रम ‘द ब्याचलर इन्डिया मेरे ख्यालों की मल्लिका’ मा विजय सिंहलाई पार्टनरको रुपमा छानिन् । मल्लिकाले इन्गेजमेन्ट गरिन् तर एक वर्षपछि नै सम्बन्ध तोडिन् ।

एक अन्तर्वार्तामा मल्लिकाभन्दा १२ वर्ष कान्छा विजयले भनेका थिए, ‘त्यो एक सम्झौता थियो जसमा मल्लिकाले एक वर्षभित्र मसँग विवाह गर्न सक्ने लेखिएको थियो । उनले चाहिन् भने यसलाई अस्विकार पनि गर्न सक्छिन् भन्ने पनि लेखिएको थियो ।’

विजय थप्छन्, ‘एक वर्षका लागि उनले मलाई लस एन्जिलिस बोलाइन् तर म जान सकिनँ ।’

‘एक वर्षपछि उनले मलाई यो हिन्ट दिन सुरु गरेकी थिइन् कि म उनीभन्दा निकै सानो छु र एज ग्याप भएको सम्बन्ध कहिले पनि टिक्दैन । केही महिनापछि उनले मेरो फोन नै उठाउन छाडिन्,’ उनले भने ।

‘पछि मैले पनि फोन गर्न बन्द गरें । मलाई थाहा भयो कि यस्ता रियालिटी कार्यक्रम झुटा हुन्छन् । म कार्यक्रममा विवाह हुने उद्देश्यसहित आएको थियो तर त्यस्तो हुन सकेन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री