राजकीय अतिथि गृह किन ?

विदेशी उच्च पाहुना आउँदा राख्ने ठाउँ नभएकाले पुल्चोकको मन्त्री क्वार्टर सारेर १० वटा राजकीय अतिथि गृह बनाउने निर्णय गर्नुपरेको सरकारका एक उच्च अधिकृतले बताएका छन् ।

नेपाल भ्रमणमा आउने अतिविशिष्ट पाहुनाका लागि उच्च सम्मानका साथ आतिथ्य प्रदान गर्न कुनै ठाउँ नभएको ख्याल गरी प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो सोच ल्याएको उनले दाबी गरे ।

Advertisement

उनका अनुसार प्रधानमन्त्रीको सोचाइअनुसार सहरी विकास मन्त्रालयले प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले निर्माण गर्ने निर्णय गरेको हो । बिमस्टेक तथा सार्क शिखर सम्मेलनजस्ता ठूला कार्यक्रम गर्दा आउने पाहुनालाई एकै ठाउँमा राख्न अतिथि गृह चाहिएको उनले खुलाए ।

‘होटलको सट्टा सरकारी आवासमै आतिथ्यता ग्रहण गराउन सुविधासम्पन्न राजकीय अतिथि गृह बनाउने निर्णय गरिएको हो,’ एक उच्च अधिकृतले भने, ‘होटलमा भन्दा सरकारी आवासमा राख्दा विशिष्ट पाहुनाको बढी सम्मान हुन्छ ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री