बुधबार, ९ जेठ २०८१

नेपाली गीतमा छमछम नाचिन् सन्नी

समयपोष्ट २०७५ मंसिर २१ गते ७:२३

बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ‘पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो ।सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ । गीत छायाङ्कनका लागि सन्नी ७ जनाको टिमसहित मुम्बईबाट लन्डन पुगेकी थिइन् ।

Advertisement

सो गीतमा नाच्नका लागि सन्नीले करिब २ करोड भारू पारिश्रमिक लिएको निर्माताले दाबी गर्दै आएका छन् ।‘सन्नि हो नाम मेरो’ बोलको गीतमा बलिउडका कोरियोग्राफर प्रयोग गरिएका छन् । गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् ।

विष्णुदेभा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरेका कोरियोग्राफर भएको ‘पासवर्ड’ निर्माताले जानकारी दिएका छन् । यस गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ ।सम्राट बस्नेत सिनेमाका निर्देशक हुन् । यो उनको डेब्यू सिनेमा हो ।

Advertisement

निर्देशक सम्राट बस्नेतले सिनेमाको कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए ।
एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन् । यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने विक्रम जोशी ‘विक्की’, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री