शुक्रबार, २८ वैशाख २०८१

दौडले बढाउछ यौन क्षमता

समयपोष्ट २०७५ मंसिर १९ गते १२:२३

जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम एकपटक यौन सम्बन्ध स्थापित गर्छन्।

Advertisement

त्यसैगरी तीन प्रतिशत जगर्सले आफू दिनमा दुई पटक यौन क्रियामा संलग्न हुने कुरा बताएका थिए। एउटा चर्चित पत्रिकामा प्रकाशित रिपोर्टअनुसार यो अनुसन्धानका बेला, ती व्यक्तिसित पनि कुरा गरियो जो दौड्दैनन्। नदौड्ने चारमध्ये एक व्यक्तिका अनुसार उनीहरू म्हिनामा एकपटक मात्र यौन सम्बन्ध स्थापित गर्छन्।

वैज्ञानिकहरूका अनुसार यौन सक्रियताका लागि आवश्यक सेक्स हार्मोन टेस्टोस्टेरनको मात्रा दौडदा बढ्ने हुँदा नै यौन सक्रियता बढ्छ। यौन क्रियाकलापमा टेस्टोस्टेरन हार्मोनको सम्बन्ध हुनुका साथै रक्त सञ्चार तथा मांसपेशीको परिणामका साथै एकाग्रता, मुड र स्मरणशक्तिमा पनि यसको प्रभाव पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री