मंगलबार, ८ जेठ २०८१

विवाहित शाहरुखसंग थियो प्रियंकाको अफियर, करन जोहरले यसरी छुटाए सम्बन्ध

समयपोष्ट २०७५ मंसिर १७ गते ५:५७

प्रियंका चोपडा भर्खरैमात्र अमेरिकी गायक निक जोनाससंग विवाह बन्धनमा बाँधिएकी छिन् । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैपुरुषसँग जोडिए । यो मामलामा निक पनि कम छैनन् । उनको नाम पनि धेरै महिलासंग जोडिसकेको छ ।

Advertisement

निक अघि प्रियंकाको नाम शाहरुख खान,अक्षयकुमार,असीम मर्चेण्ट , हरमन बावेजा , शाहिद कपूर , टोम हिडलस्टांनसंग जोडियो ।

प्रियंका करियरको शुरुवातमा असीम मर्चेण्टसँग जोडिएकी थिइन् । मोडलिङ गरिरहेकी प्रियंकाले जब ‘विश्व सुन्दरी’ को ताज पहिरिइन् तब उनले असीम मर्चेण्टसँग सम्बन्ध तोडिन् । प्रियंकासँग सम्बन्ध टुटेपछि असीम पीडामा परे । उनले आफ्नो र प्रियंकाबीचको घटनामा आधारित फिल्म ‘६७ डेन्जु’ बनाउने घोषणा गरेका थिए । तर फिल्मको काम अगाडि बढेन ।

त्यस्तै ‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो । विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा पूर्णविराम लाग्यो ।

अक्षयपछि उनको जीनवमा हरमन बावेजा आए । फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् । फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो तब उनीहरुको सम्बन्ध पनि सकियो ।

Advertisement

प्रियंकाको शाहिद कपूरसंगको प्रेमको खुलासा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो । प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो ।

साहिदसैगै प्रियंकाको प्रेम शाहरुखसंग पनि थियो । शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंकाबाहेक कसैसँग जोडिएको छैन । प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए । त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छोडिदिए ।

त्यस्तै अर्का ब्यक्ति हुन् टोम हिडलस्टांन । एउटा विशेष पार्टीमा एक अर्काको निकै नजिक देखिएपछि प्रियंका र टोमको नम्बरपनि साटासाट भयो । प्रियंकाले मिडियामा आफू अमेरिकनसँग ‘डेट’ गरिरहेको बताएपछि हल्लाले ठूलो रुप लिएको तर केही समयमा नै सेलायो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री