मंगलबार, ८ जेठ २०८१

परिणीतीले भिनाजु निकसँग जुत्ता लुकाईमा मागिन् ५ करोड ५८ लाख, निकले कति दिए ?

समयपोष्ट २०७५ मंसिर १७ गते ५:३५

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको आइतबार उम्मेद भवन प्यालेसमा हिन्दु परम्परा अनुसार विवाह भयो ।

Advertisement

भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढे । यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो । सोसल मिडियामा भाइरल म्यासेजका अनुसार प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए, त्यो भने सार्वजनिक भएको छैन ।

भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।

प्यालेसमा पाहुनालाई खाना पस्किनका लागि ताजका ५० भन्दा बढी शेफ आएका थिए । यसका साथै निकले कुवेत र दुबईबाट आफ्ना पर्सनल शेफ पनि बोलाए । विवाहमा मेकअपका लागि १५ ब्यूटी एक्सपर्टको टीम बोलाइएको थियो ।

विवाहमा बलिउडका कुनै पनि स्टार देखिएनन् । जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक गरिएको बताइएको छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री