मतदानका लागि लाइनमा प्रतिनिधि, ओली नआउँदा ढिलाइ

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार बिहान पनि मतदान समयमै सुरु हुन सकेको छैन ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ९ बजेसम्म मतदानस्थलमा प्रक्रिया अघि बढ्न नसकेको हो ।

Advertisement

अध्यक्षका उम्मेदवार तथा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली मतदानस्थल भृकुटीमण्डप पुगेलगत्तै मतदान सुरु हुने बताइएको छ।

तर बिहान ९ बजेसम्म ओली भृकुटीमण्डप पुगिसकेका छैनन्।

यसअघि मंगलबार साँझ मतदान हुने भनिए पनि इलेक्ट्रोनिक भोटिङ मेसिनमा देखिएको प्राविधिक समस्याका कारण बुधबार बिहानका लागि सारिएको थियो।

Advertisement

मतदानस्थलमा भने नेता तथा कार्यकर्ताहरू लामबद्ध भएर मतदानको प्रतिक्षामा छन्। अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदानस्थलमा पुगिसकेका छन्।

एमालेले यसपटक नेपाली कम्पनीले बनाएका इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दैछ। प्राविधिक तयारीमा ढिलाइ हुँदा मतदान पटकपटक स्थगित भएको हो। महाधिवेशनमा करिब २२६३ प्रतिनिधिले ३०१ केन्द्रीय सदस्यसहित नयाँ नेतृत्व चयन गर्न मतदान गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री